गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना परी एक जनाको मृत्यु
भक्तपुरको गठ्ठाघर–जडिबुटी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षीय युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार आज बिहान करिब ४ बजे बुलेट मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका युवकलाई उपचारका लागि भक्तपुरस्थित अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको परिचय तथा दुर्घटनामा परेको मोटरसाइकलको थप विवरण भने खुल्न सकेको छैन। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यसैबीच, गएराति काठमाडौं उपत्यकामा थप १० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।