सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढ्यो
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ३ हजार १ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ सय ५० रुपैयाँले बढेर ४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ र चाँदी ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो।