रोशी खोलामा फसेको यात्रुवाहक बस सुरक्षाकर्मीले निकाले
काभ्रेको रोशी गाउँपालिका–७ स्थित कटुन्जेमा रोशी खोला तर्ने क्रममा यात्रुवाहक बस फसेको छ। बिहीबार कटुन्जेबाट थानसिंहतर्फ जाने भित्री सडकखण्ड हुँदै रोशी खोला तर्ने क्रममा बस खोलामै फसेको हो। बस फसेपछि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस भकुण्डेबेँसी र प्रहरी चौकी भकुण्डेबेँसीबाट सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार जेसिबीको प्रयोग गरी बसलाई खोलाबाट निकालिएको हो। बसमा सवार सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।