ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम परिचालन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन गरी परिचालन गरिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले ग्यास वितरणमा देखिएको समस्या समाधान र गुनासो सम्बोधनका लागि टिम परिचालन गरिएको जानकारी दिए । उनले अब क्रमशः ग्यासको अभाव हट्दै जाने दाबी गरे ।
मन्त्री साहका अनुसार आयात निर्भरता, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, भण्डारण तथा रिफिलिङको समस्या, असमान वितरण र कालोबजारीलगायत कारण ग्यास अभाव देखिएको हो ।
चाडपर्वका बेला बढ्ने मागलाई ध्यानमा राख्दै भारतबाट तीन महिनासम्म प्रतिमहिना ६० हजार मेट्रिक टन ग्यास उपलब्ध गराउन औपचारिक पत्राचार गरिएको उनले बताए ।