त्रिपुरेश्वरमा रोकिराखेको बसमा आगलागी
काठमाडौंको त्रिपुरेश्वरमा रोकिराखेको बसमा आगलागी भएको छ।
राहदानी विभागअगाडि स्टपमा रोकिएको रिद्धिसिद्धि यातायातको बसमा आगलागी भएको हो। आगलागीबाट बस पूर्ण रूपमा जलेको छ।
बसमा लागेको आगो टेलिफोन तथा इन्टरनेटका तारमा समेत फैलिएको छ। आगलागी हुँदा पनि घटनास्थलमा अहिलेसम्म दमकल पुग्न सकेको छैन।