चिलिमेको सुरुङभित्र चार शव फेला
रसुवाको चिलिमेस्थित सुरुङभित्र नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले चार शव फेला पारेको छ।
भोटेकोशीमा आएको बाढीपछि सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारका लागि परिचालित टोलीले निरन्तर खोजी गर्ने क्रममा चार शव फेला पारेको हो।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सुरुङभित्र थप मानिस जीवित वा मृत अवस्थामा रहेको हुनसक्ने भएकाले खोजी कार्य जारी छ।
टोलीले सुरुङभित्र थुप्रिएको माटो, ढुंगा तथा अन्य अवरोध हटाउँदै खोजी गरिरहेको छ। फेला परेका चारै शवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।