बाढी प्रभावितका लागि नयाँ शहर बनाउने सरकारको योजना
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढी प्रभावित नागरिकका लागि नयाँ शहर विकास गर्ने सरकारको योजना रहेको बताएका छन् ।
प्रतिनिधिसभाको विकास समिति बैठकमा बोल्दै मन्त्री लम्सालले बाढीले क्षति पुर्याएका स्थानमै पुनः बस्ती बसाल्न सम्भव नभएकाले नयाँ शहर निर्माणको अवधारणामा सरकार अघि बढ्ने बताए ।
उनका अनुसार नयाँ शहरमा उद्योग, अस्पताल, विद्यालयलगायत आवश्यक सबै सुविधा उपलब्ध गराइनेछ । त्यसका लागि आवश्यक जग्गा खरिद गरेर अघि बढ्ने सरकारको योजना रहेको उनले जानकारी दिए ।
बाढीबाट भएको क्षतिले स्थानीय सरकारलाई विपद्सँग जुध्न थप सुविधासम्पन्न बनाउनुपर्ने पाठ सिकाएको पनि मन्त्री लम्सालले बताए ।