मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा
मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक दुईतर्फी रूपमा पूर्ण सञ्चालनमा आएको छ।
शुक्रबार बिहान माथिबाट लेदो खसेपछि केही समय सडक एकतर्फी सञ्चालन गरिएको थियो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार लेदो पन्छाएर बिहान ९ः१५ बजेदेखि दुवैतर्फ सवारी सञ्चालनमा ल्याइएको हो। सडक खुलेसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।