आज संविधान दिवस, देशभर विविध कार्यक्रम हुँदै
आज असोज ३ गते देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको स्मरणमा हरेक वर्ष यो दिवस राष्ट्रिय दिवसका रूपमा मनाइन्छ।
संविधान दिवसका अवसरमा संघ, प्रदेश र स्थानीय तहसँगै विभिन्न राजनीतिक दल, संघसंस्था तथा नागरिकस्तरबाट विविध कार्यक्रम आयोजना हुँदैछन्। काठमाडौंमा हुने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित राज्यका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहनेछ।
दिवसका अवसरमा राजनीतिक दलका नेताहरूले संविधानको कार्यान्वयन, संरक्षण र उपलब्धिका विषयमा शुभकामना सन्देश जारी गरेका छन्।