त्रिशूली–१ आयोजनाको सुरुङबाट निकालिएका २४ शव नुवाकोट ल्याइयो
भोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० गते आएको बाढीका कारण रसुवाको आमाछोदिङ्बो गाउँपालिका–१ हाकुस्थित त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट निकालिएका २४ वटा शव नुवाकोट ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार असोज १ र २ गते सुरुङबाट निकालिएका शव असोज ३ गते नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोट ल्याइएको हो।
सबै शव विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागार कार्यालय, खम्बाक्याम्प परिसरमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले मृतकका परिवार तथा आफन्तलाई शवको सनाखतका लागि सहयोग गर्न अनुरोध गरेको छ।