राष्ट्रपति पौडेलद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन्।
सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको उक्त विधेयक राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपतिको कार्यालयका अनुसार संवैधानिक व्यवस्थाबमोजिम विधेयक प्रमाणीकरण गरिएको हो।