पहिरोसहित रुख ढलेर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग सुचारु
अविरल वर्षाका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्ग सुचारु भएको छ। शुक्रबार मध्यान्ह १२ बजे स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गामा पहिरोसहित खयरको रुख सडकमा ढलेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
सडक अवरुद्ध भएपछि अस्थायी प्रहरी चौकी राम्दीबाट प्रहरी सहायक निरीक्षक रोशनलाल पाण्डेको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी टोलीले सडकमा ढलेको रुख पन्छाउनुका साथै पहिरो हटाएपछि राजमार्गमा दुईतर्फी सवारी आवागमन सुचारु भएको प्रहरीले जनाएको छ।
अविरल वर्षा भइरहेकाले राजमार्गका विभिन्न स्थानमा पुनः पहिरो तथा रुख ढल्ने जोखिम रहेकाले यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।