धनुषाबाट खैरो हेरोइनसहित २ जना पक्राउ
प्रहरीले धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–९ बाट लागुऔषध खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको बरियारपट्टि नगरपालिका–२ घर भएका २६ वर्षीय नितिश कुमार महतो र १६ वर्षीय धर्मनाथ साफी छन् ।
लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय महोत्तरीबाट खटिएको टोलीले शुक्रबार उनीहरूलाई पक्राउ गरेको ब्युरोका डीएसपी जीवन निरौलाले बताए । आरोपीहरूको साथबाट प्रहरीले २७ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय यज्ञभूमि, धनुषामा बुझाइएको डीएसपी निरौलाले जानकारी दिए ।