कृष्णभीरमा नयाँ ट्रयाक तयार, असोज १ देखि यातायात सञ्चालन
पृथ्वीराजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।
बाढीका कारण सडक अवरुद्ध भएपछि भदौ १९ गतेदेखि सुरु गरिएको ट्रयाक निर्माण १० दिनमै पूरा भएको हो। नयाँ ट्रयाकमा भदौ २८ गतेदेखि परीक्षणका रूपमा अत्यावश्यक सवारीसाधन सञ्चालन भइरहेका छन्।
सडक विभागका अनुसार भदौ ३१ गतेसम्म ग्राभेल तथा नाली निर्माणको काम पूरा गरी असोज १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ।
पहिरो तथा लेदोका कारण पुनः सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरण र ग्राभेल मौज्दात राखिएको छ भने पानीको निकासका लागि ड्रेनेज निर्माण गरिएको विभागले जनाएको छ।