इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राईको मृत्यु भएको छ।
द्रुत गतिमा रहेको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताएका छन्।
दुर्घटनामा मोटरसाइकलमा सवार २६ वर्षीय सन्दीप राई घाइते भएका छन्। उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने सोही अस्पतालमा अनिलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।