सर्वोच्चद्वारा राजनीतिक विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न परमादेश
सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न परमादेश दिएको छ।
बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै दाहाललाई रिहा गर्न आदेश दिएको हो।
प्रहरीले दाहाललाई गत असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरेको थियो। उनको पक्राउ गैरकानुनी रहेको दाबी गर्दै दाहालकी छोरीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।