सुर्खेतमा फरुवा प्रहारबाट महिलाको मृत्यु
सुर्खेतमा फरुवा प्रहारबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौकुने गाउँपालिका–५, रेक्चाकी ३० वर्षीया चन्द्रा देवकोटा रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराका अनुसार मंगलबार बिहान करिब १०ः२० बजे चन्द्राका श्रीमान् ३२ वर्षीय गोपीराम जैसीले फरुवाले उनको टाउकोमा प्रहार गरेका थिए। फरुवा प्रहारबाट चन्द्राको घटनास्थलमै मृत्यु भएको प्रवक्ता बोहोराले जानकारी दिए।
घटनापछि गोपीरामलाई स्थानीयले नियन्त्रणमा लिएर राखेका छन्। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ।