इराकले अमेरिकी कम्पनीसँग ४८ सम्झौता गर्यो, ऊर्जा क्षेत्रमा सहकार्य विस्तार
सम्झौताअन्तर्गत इराकका तेल तथा विद्युत् मन्त्रालयले एक्सनमोबिल, केबीआर, जीई भेर्नोभा, शेल र ह्यालिबर्टनलगायत अमेरिकी कम्पनीसँग सहकार्य गर्ने भएका छन्। साथै, इराक–सिरियाबीच कच्चा तेल ढुवानीका लागि पाइपलाइन निर्माण र स्टारलिंकसँग स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनसम्बन्धी सहमति पनि भएको छ।
ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटमा प्रधानमन्त्री जैदीले इराकको अर्थतन्त्र सुधार र इरान समर्थित सशस्त्र समूहलाई निशस्त्र पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नयाँ सम्झौताले ऊर्जा क्षेत्रको विस्तारसँगै इराकको आर्थिक पुनरुत्थानमा टेवा पुग्ने अपेक्षा गरिएको छ।