जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका पक्राउ
नकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका जनकपुरस्थित मुजेलियाबाट पक्राउ परेका छन् । मुरारकालाई बिहीबार जनकपुर प्रहरीले पक्राउ गरेका हो ।
मुरारकाले मार्बल कम्पनीको ट्रेड मार्क प्रयोग गरी नक्कली पाईप उत्पादन तथा बेचविखन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । हाल उनलाई वडा प्रहरी कार्यालय मुजेलियामा राखिएको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।