बुटवलमा ई-रिक्सा व्यवसायीको धर्ना
बुटवलमा दर्ता भएका मात्र रिक्सा सञ्चालन हुनुपर्ने माग गर्दै साेमबार रिक्सा व्यवसायी आन्दोलित भएका छन्। बुटवलमा १ हजार ४४० रिक्सा दर्ता भएका छन् ।
दर्ता भएका व्यवसायीको पनि कर नलिएको तथा बिना दर्ताका रिक्सा धेरै भइरहेको भन्दै ई रिक्सा सञ्चालक आक्रोशित भएका छन्।
उनीहरुले बुटवलको योगिकुटीदेखि बुटवल उपमहानगरपालिका कार्यालय हाटबजार सम्म र्याली गर्दै कार्यालय पुगेर धर्ना समेत दिएका थिए।