अर्थ समितिद्वारा त्रिभुवन विमानस्थलको अनुगमन
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेको छ । सोमबार समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको हो ।
समितिले सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन, विमानस्थलमा सञ्चालित क्याफे र अन्य पसल तथा यात्रु सेवा व्यवस्थाको अवस्थाबारे समेत अनुगमन गरेको हो ।
समिति सभापति डा. कृष्णहरि बुढाथोकीले विमानस्थलमा यात्रु तथा विदेशी पर्यटकले भोग्ने समस्या, भन्सारमा यात्रुलाई परेको समस्या लगायत विषयमा स्थलगत अनुगमन गरिएको बताए।
उनले अनुगमनको क्रममा भन्सारदेखि अध्यागमनमा देखिएका समस्याहरूलाई सहजीकरण गर्नुपर्ने देखिएको बताए।
उनले भने,‘ अनुगमनमा विमानस्थलभित्र सञ्चालित क्याफे र पसलहरूमा सामानको मूल्य अत्यधिक महँगो भएको गुनासो आएको छ । हामीले पनि त्यही देखियो । त्यसका विषयमा समितिले अध्ययन गरेर आवश्यक छलफल गर्ने छ।’ make title