ओमान नजिक जहाजमाथि आक्रमण, ११ भारतीयमध्ये १० जनाको उद्धार
इरान–अमेरिका तनावका बीच ओमानको तट नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका ११ भारतीयमध्ये १० जनाको सकुशल उद्धार गरिएको छ भने एकजना अझै बेपत्ता रहेका छन्।
भारतीय विदेश मन्त्रालयका अनुसार ‘जीएफएस ग्यालेक्सी’ जहाजमाथि भएको आक्रमणपछि खोज तथा उद्धार अभियान जारी छ। अमेरिकाले घटनाका लागि इरानलाई जिम्मेवार ठहराएको छ भने भारतले व्यावसायिक जहाज र नागरिक पूर्वाधारमाथिका आक्रमण तत्काल रोक्न तथा अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित र निर्वाध आवागमन सुनिश्चित गर्न आग्रह गरेको छ।