देशभर लागूऔषधसहित २६ जना पक्राउ
नियमित गस्तीका क्रममा प्रहरीले देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ। काठमाडौँ, बझाङ, सुर्खेत, सल्ल्यान, मोरङ, नवलपरासी पश्चिम, भक्तपुर, बर्दिया, रुकुम पश्चिम, चितवन र सर्लाहीबाट ट्रामाडोल, डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन, ब्राउन सुगर, खैरो हेरोइन तथा ५५ किलो गाँजासहित उनीहरू पक्राउ परेका हुन्।
प्रहरीले केही स्थानबाट नगद रकम र डिजिटल तराजु समेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।