नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान आज कमलादीमा
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि चुनाव आज (मंगलबार) काठमाडौंमा हुँदैछ। निजी क्षेत्रको छाता संगठनका रूपमा रहेको महासंघको मतदान काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।
चार उपाध्यक्ष पदसहित विषयगत समूहबाट केन्द्रीय सदस्यहरू चयन गर्न मतदान प्रक्रिया अघि बढाइएको हो।
यसअघि महासंघले ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा ६०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको थियो। साधारणसभा सकिएसँगै अब नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो।
चुनावलाई लक्षित गर्दै उम्मेदवारहरूले व्यापारीहरूसँग प्रत्यक्ष सम्पर्क, मोबाइल सन्देश तथा स्थलमै भेटघाटमार्फत प्रचार तीव्र पारेका छन्। कमलादी क्षेत्रमा साना–ठूला व्यवसायीहरूको बाक्लो उपस्थिति देखिएको छ।
निर्वाचन स्थल वरपर दिनभरि चहलपहल रहने अपेक्षा गरिएको छ।