होल्डिङ सेन्टरका ५२ बालबालिका विद्यालय भर्ना, ३० लाई छात्रबासमा राखिने
काठमाडौँ महानगरपालिकाले अव्यवस्थित बसोबास हटाइ ‘होल्डिङ सेन्टर’ मा राखिएका परिवारका ५२ बालबालिकालाई विद्यालय पठाउन थालेको छ। थापाथली, गैरीगाउँ र सिनामंगलबाट स्थानान्तरण गरिएका परिवारका बालबालिकालाई वडा नं. १४ स्थित जनकल्याण माध्यमिक विद्यालयमा भर्ना गरिएको हो।
विद्यालय उमेरका ५२ मध्ये ३० बालबालिकालाई छात्रबासमा राखेर अध्ययन गराउने तयारी गरिएको छ। एसईई दिएका ४ जनाका लागि भने सीपमूलक तालिमको व्यवस्था गरिने महानगरले जनाएको छ।
यसअघि महानगरले निजी तथा शैक्षिक संस्थासँग समन्वय गरी निःशुल्क आवाससहित शिक्षाको व्यवस्था गर्ने पहल थालेको थियो।