विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णयविरूद्धको रिटमा कारण देखाऊ आदेश
विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा कारण देखाऊ आदेश जारी भएको छ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार विद्यार्थी सङ्गठन खारेज गर्नुको आधार र कारण देखाउन आदेश दिएको हो।