उद्योगी शेखर गोल्छा धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले उद्योगी शेखर गोल्छालाई धरौटीमा छोड्न आदेश गरेको छ । धरौटी तिर्न नसकेमा मात्रै थुनामा राख्न सकिने अदालतको निष्कर्ष छ ।
सर्वोच्चले गोल्छालाई जमानत नमागीकन थुनामा राखिने कार्य कानूनअनुसार नमिलेको ठहर गर्दै यस्तो आदेश गरेको हो । उनलाई हिरासतमा राख्न दिइएको दुई पटक आदेश सर्वोच्चले उत्प्रेषणद्वारा बदर गरेको छ ।