प्रचण्डको आह्वान: राष्ट्रिय सहकार्य र एकताको आवश्यकता
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहकार्य आवश्यक भएको बताएका छन्।
गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा सबै नेपालीको पहिलो जिम्मेवारी भएको उल्लेख गरे।
प्रचण्डले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
उनले देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र नागरिकबीच एकता अपरिहार्य रहेको पनि सन्देशमा उल्लेख गरेका छन्।