नुवाकोटमा कार दुर्घटना, एक जनाको मृत्यु
नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा बिहीबार साँझ भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
ढिकुरेबाट काठमाडौं जाँदै गरेको बिएई ०५६९ नम्बरको विद्युतीय कार अनियन्त्रित भएर करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा सिराहाका ३५ वर्षीय सञ्जीवकुमार चौधरीको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।
घाइते उत्सव पोखरेल र लोकेश मिश्रको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । घटनाप्रति सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दुःख व्यक्त गरेका छन् ।