१०० दिनको उपलब्धिसहित संसदमा सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री बालेन साह
काठमाडौं — प्रधानमन्त्री बालेन साहले औपचारिक सम्बोधनभन्दा पनि कामको “रिपोर्ट कार्ड” प्रस्तुत गर्दै संसदलाई सम्बोधन गर्ने तयारी गरेको बुझिएको छ।
बालेन निकट स्रोतका अनुसार उनले सरकार गठनको १०० दिन पुगेको अवसरमा जनतालाई सम्बोधन गर्ने सम्भावना रहेको छ। चुनावका क्रममा गरेका प्रतिबद्धताअनुसार काम भए–नभएको मूल्यांकनसहित उपलब्धि सार्वजनिक गर्ने उनको तयारी रहेको बताइएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री साह पछिल्लो समय तीव्र गतिमा काम अघि बढाइरहेका छन् र १०० दिनभित्र उल्लेखनीय उपलब्धि हासिल गर्ने लक्ष्यसहित सक्रिय छन्।
यस्तै, आगामी आर्थिक वर्षको बजेटमार्फत पनि नयाँ योजना र कार्यक्रम सार्वजनिक गरेर धेरैलाई चकित पार्ने तयारी भइरहेको बताइएको छ।
प्रधानमन्त्री साहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार आउने खालको बजेट ल्याउन निर्देशन दिएको स्रोतको दाबी छ।