टोखा नगरपालिका–७ मा अतिक्रमित संरचना हटाइयो
काठमाडौँ, जेठ ७ — टोखा नगरपालिका–७ स्थित धापवासी–ग्रीनल्याण्ड आसपासका सार्वजनिक जग्गामा बनेका अतिक्रमित घर–टहरा हटाइएको छ।
नगरपालिकाले १५ दिने सूचना जारी गरी अतिक्रमित संरचना हटाउन अनुरोध गरेपछि अटेरी गर्नेहरूको संरचना डोजर प्रयोग गरी हटाइएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईका अनुसार आज बिहानदेखि सडक छेउ तथा सरकारी जग्गामा बनेका घर–टहरा, कम्पाउन्ड र अस्थायी संरचना हटाउने काम गरिएको हो।
नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण नगर्न र कानुनी व्यवस्था पालना गर्न सबैलाई आग्रह गरेको छ।