नेपाल दूरसञ्चार प्राधिकरणका विभिन्न पदमा ३२ जनाको आवेदन
काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाले आवेदन दिएका छन्।
निवर्तमान अध्यक्ष भूपेन्द्र भण्डारी पदमुक्त भएपछि सूचना तथा सञ्चार मन्त्रालयले वैशाख २६ गते प्रकाशित सूचनाअनुसार आवेदन प्रक्रिया सुरु गरिएको हो।
त्यस्तै, प्राधिकरणको कानुन सदस्यका लागि ४, लेखा तथा लेखापरीक्षणका लागि ९, बजार व्यवस्थापनतर्फ ५ तथा प्रशासन र प्राविधिक सदस्यका लागि १५ जनाले आवेदन दिएका छन्।