जेन–जी प्रतिनिधिहरूद्वारा संविधान संशोधन छलफल बहिष्कार
जेन–जी जनआन्दोलनका प्रतिनिधिहरूले सरकारद्वारा आयोजना गरिएको संविधान संशोधनसम्बन्धी छलफल बहिष्कार गरेका छन्। उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत बनेको ‘संविधान संशोधन बहसपत्र कार्यदल–२०८२’ लाई एकलौटी भन्दै अस्वीकार गरेका हुन्।
प्रतिनिधिहरूले संविधान संशोधन प्रक्रिया पारदर्शी, समावेशी र जवाफदेही हुनुपर्ने माग राख्दै सरकारले सम्झौता कार्यान्वयन नगरेको आरोप पनि लगाएका छन्। साथै पक्राउ परेकाहरूको मुद्दा, शहीद परिवार र घाइतेहरूको न्याय, तथा आन्दोलन छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरेको विषयमा पनि सरकारको आलोचना गरेका छन्।