रास्वपाकाे पदाधिकारी चुनावमा १२९० मतमात्र खस्याे
रास्वपाका पदाधिकारी छान्न भएको निर्वाचनमा मतदान सकिएको छ। चितवनमा जारी महाधिवेशनमा १२९० मत मात्रै खस्यो। रास्वपामा ३९५९ महाधिवेशन प्रतिनिधि थिए। हिजो केन्द्रीय सदस्यको मतदानमा २९५९ मत खसेको थियो ।
आज पदाधिकारीको लागि भएको निर्वाचनमा सभापति रवि लामिछाने समेत भोट हाल्न आएनन्। रवि आज मतदानमा सहभागी नभएको निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले बताए ।