विभिन्न कार्यक्रमसहित मनाइयो सगरमाथा दिवस
विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आज विभिन्न कार्यक्रमसहित ‘सगरमाथा दिवस’ मनाइएको छ । नेपाल पर्यटन बोर्ड र सम्बन्धित निकायहरूको आयोजनामा प्रभातफेरिपछि जमलस्थित नाचघरमा औपचारिक कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सहभागिता रहेको थियो भने सगरमाथा आरोहण, पर्यटन र हिमाल संरक्षण क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
हरेक वर्ष मे २९ मा मनाइने यो दिवस सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथाको पहिलो सफल आरोहण गरेको सम्झनामा मनाइन्छ ।