संविधान र लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती बढेको ओलीको दाबी
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय व्यवस्थामाथि गम्भीर चुनौती उत्पन्न भएको बताएका छन्।
एमालेको अन्तरपार्टी निर्देशनमा उनले संविधान र लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्दै पार्टीलाई पुनः सुदृढ र सक्रिय बनाउन सदस्यता नवीकरण तथा पुनर्जागरण अभियान अघि बढाइने उल्लेख गरेका छन्।
साथै, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न एमाले अझ बलियो बन्नुपर्नेमा उनले जोड दिएका छन्।