नेप्से परिसूचक २७.४९ अङ्कले बढ्यो, कारोबार तीन अर्ब २८ करोड नाघ्यो
काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन २७.४९ अङ्कले वृद्धि हुँदै २,७४५.६५ बिन्दुमा पुगेको छ। यो १.०१ प्रतिशतको वृद्धि हो।
आज ३३५ कम्पनीका कुल ७४ लाख ७८ हजारभन्दा बढी कित्ता सेयर ५३ हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा करिब रु ३ अर्ब २८ करोड ६८ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार दिनमा सबै समूहका उपसूचक सकारात्मक देखिएका छन्। बैंकिङ समूह ०.६७ प्रतिशत, विकास बैंक ०.९५ प्रतिशत, वित्त १.८७ प्रतिशत, होटल तथा पर्यटन १.४८ प्रतिशत, जलविद्युत् १.७१ प्रतिशत, लगानी १.१० प्रतिशत, जीवन बीमा ०.६२ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.४० प्रतिशतले बढेका छन्।
त्यसैगरी लघुवित्त ०.१६ प्रतिशत, म्युचुअल फन्ड ०.५५ प्रतिशत, निर्जीवन बीमा १.५२ प्रतिशत र अन्य समूह १.१३ प्रतिशतले वृद्धि भएका छन्।
आजको कारोबारमा त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सर्वाधिक कमाउने सूचीमा रह्यो। त्यसैगरी स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ६.५४ प्रतिशतले घटेको छ।
बजारमा समग्रमा सबै समूह हरियो देखिएपछि लगानीकर्ताको मनोबल सकारात्मक रहेको विश्लेषण गरिएको छ।