मन्त्री बिक्रम तिमिल्सिनाद्वारा प्रतिनिधिसभामा चलचित्र विधेयक प्रस्तुत हुने
काठमाडौं — सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिना ले बुधबार प्रतिनिधिसभाको बैठकमा चलचित्र विधेयक प्रस्तुत गर्ने भएका छन्।
प्रतिनिधिसभाको आजको कार्यसूचीअनुसार मन्त्री तिमिल्सिनाले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन्।
संसद सचिवालयका अनुसार उक्त विधेयकमा छलफल अघि बढाउने विषयलाई आजको बैठकको प्रमुख एजेन्डाका रूपमा राखिएको छ। विधेयक प्रस्तुत भएसँगै चलचित्र क्षेत्रसँग सम्बन्धित कानुनी संरचना र नियमनसम्बन्धी बहस अगाडि बढ्ने अपेक्षा गरिएको छ।