डा. चिरञ्जीवीप्रसाद पोखरेल राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिवमा नियुक्त
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव पदमा डा. चिरञ्जीवीप्रसाद पोखरेल नियुक्त भएका छन्। वन तथा वातावरणमन्त्री तथा कोषकी अध्यक्ष गीता चौधरीले उनलाई यही वैशाख २९ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि सदस्यसचिवमा नियुक्त गरेकी हुन्।
कोषको वरिष्ठ निर्देशक पदमा कार्यरत डा. पोखरेल प्रतिष्ठित वन्यजन्तु जीवविज्ञ, संरक्षण योजनाकार तथा प्रख्यात बाघविज्ञका रूपमा परिचित छन्। संरक्षण क्षेत्रमा उनको २७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ।
नवनियुक्त सदस्यसचिव डा. पोखरेलले कोषको उद्देश्य, दूरदृष्टि र मूल्यमान्यताप्रति प्रतिबद्धता जनाउँदै संस्थालाई प्रकृति संरक्षणको क्षेत्रमा अझ उच्च उपलब्धितर्फ अघि बढाउने दृढ अठोट व्यक्त गरेका छन्।