इजलासमा हुल हुज्जत गरेपछि रोशनी बादी पक्राउ
फिल्म ‘लालीबजार’ प्रदर्शनको रोक्न माग राखी सर्वोच्च अदालतमा रिट दर्ता गरेकी अभियन्ता डा. रोशनी बादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इजलासमा हुलहुज्जत गरेका कारण उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त सिंहदरबारले बादी आफ्नो नियन्त्रणमा रहेको खबरहबलाई पुष्टि गरेको छ । उनलाई सर्वोच्च अदालतबाटै नियन्त्रणमा लिइएको हो । अदालतले यस रिटबारे आजै निर्णय सुनाउने तयारी गरेको छ ।