नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा
नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन् । बुधवार उनले राजीनामा दिएका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव सूर्यप्रसाद चापागाईँले भट्टले राजीनामा बुझाएको पुष्टि गरे ।
सरकारले सार्वजनिक निकायहरूमा नियुक्ति पाएकाहरूलाई बर्खास्त पार्ने अध्यादेश ल्याउँदा निगम परेको थिएन । तर, भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिन भनेकी थिइन् ।
जसअनुसार भट्टले राजीनामा दिएको बताइएको छ । भट्टलाई निगममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० फागुन २६ गते तीन वर्षका लागि नियुक्ति गरेको थियो ।