पर्चा देखाएर सदनमा प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार मिल्दैन : सभामुख
काठमाडौं — प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर गरिएको प्रदर्शनलाई लिएर सभामुख डोलप्रसाद अर्याल ले कानुन र नियमावलीअनुसार त्यसको अनुमति नभएको स्पष्ट पारेका छन्।
श्रम संस्कृति पार्टीका सांसदहरूले “प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ” लेखिएको पर्चा देखाउँदै विरोध जनाएपछि सभामुखले मर्यादाभित्र रहेर मात्र विरोध गर्न निर्देशन दिएका हुन्।
सभामुख डोलप्रसाद अर्याल ले भने, “विरोध गर्ने विभिन्न शैली हुन्छन्, तर मर्यादामा बसेर मात्र गर्नुहोस्,” भन्दै सदनको आचारसंहिताको पालना गर्न आग्रह गरेका छन्।