१८ वस्तुगत संघ तथा महासंघद्वारा एफएनसीसीआई कार्यालय अगाडि प्रदर्शन
काठमाडौं — १८ वटा वस्तुगत संघ तथा महासंघहरूले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को केन्द्रीय कार्यालय अगाडि आज प्रदर्शन गरेका छन्।
आज एफएनसीसीआईको केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो। सोही बैठकमा ती १८ संस्थाहरूको सदस्यतासम्बन्धी निर्णय हुने भएकाले उनीहरूले विरोधस्वरूप महासंघको प्राङ्गणमा प्रदर्शन गरेका हुन्।
सदस्यता सम्बन्धी निर्णयप्रति असन्तुष्टि जनाउँदै उनीहरूले आफ्नो माग सार्वजनिक गर्दै विरोध प्रदर्शन गरेको जनाइएको छ।