पाँचथरमा बाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
पाँचथरमा करेन्ट लागेर एकजनको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–७ का खडकबहादुर तामाङको करेन्ट लागेर मृत्यु भएको हो ।
बाँस काट्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रामचन्द्र शाहले जानकारी दिए ।
शाहका अनुसार तामाङले काटिरहेको बाँसले काबेली करिडोरमा १३२ केभिए विद्युत् प्रसारण लाइनको तार छुन पुगेको थियो । बाँस आलो भएका कारण करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।