इरान युद्धका कारण ट्रम्पले चीन भ्रमण स्थगित गरे
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका कारण चीन भ्रमण स्थगित गरेका छन्। उनले हालको परिस्थितिमा अमेरिकामै बस्न आवश्यक रहेको बताएका छन्।
इरानले ‘हर्मुज जलसन्धि’ बन्द गरेपछि विश्व तेल आपूर्ति प्रभावित भई अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको छ। उक्त जलमार्गबाट विश्वको ठूलो हिस्सा कच्चा तेल र ग्यास ओसारपसार हुने गर्दछ।
ट्रम्पले जलसन्धि खुलाउन चीनलगायत देशलाई सहयोग गर्न आग्रह गरेका छन् भने आवश्यक परे युद्धपोत प्रयोग गरेर सुरक्षा दिने बताएका छन्।
चीनले सहयोग नगरे भ्रमण ढिला गर्ने संकेत दिएका ट्रम्पले तेल आपूर्ति सहज बनाउन चीनमाथि दबाब बढाएका छन्।