साउदी अरबले १८ वटा ड्रोन खसालेको दाबी
साउदी अरबको रक्षा मन्त्रालयले आफ्नो देशको पूर्वी क्षेत्रमा प्रवेश गरेका १८ वटा ड्रोन खसालिएको दाबी गरेको छ।
सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सीका अनुसार पछिल्ला केही दिनमा ती ड्रोनहरूलाई आकाशमै इन्टरसेप्ट गरी नष्ट गरिएको हो। यद्यपि ती ड्रोन कसले पठाएको थियो भन्नेबारे खुलाइएको छैन।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि मध्यपूर्वमा तनाव बढ्दै गएको छ। इरानले पनि क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूलाई लक्षित गरी आक्रमण जारी राखेको बताइएको छ।