इरानका सर्वाेच्च नेता खामेनेईको अन्त्येष्टि गरिँदै
इरानको सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको आजदेखि अन्त्येष्टि गरिँदैछ । इरानको सरकारी सञ्चार माध्यमका अनुसार, देशका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको तेहरानमा आजदेखि अन्त्येष्टि समारोह आयोजना गर्न लागिएको हो ।
शनिबारदेखि सुरु भएका अमेरिका(इजरायल आक्रमणमा उनी मारिएका थिए। उनको अन्त्येष्टिे समारोह स्थानीय समय अनुसार आज राति १० बजे सुरु हुनेछ र अन्तिम यात्रा अघि तीन दिनसम्म चल्नेछ।
उनको अन्त्येष्टि समारोह सकिएलगतै नयाँ सर्वोच्च नेताका चयन गरिने इरानी सञ्चारमाध्यमले जनाएका छन् ।इरानी अधिकारीहरूको हवाला दिँदै खामेनेईका छोरा मोजतबा खामेनेई नयाँ सर्वोच्च नेताका लागि प्रतिस्पर्धामा सबैभन्दा अघि छन्।
यसबीच, इजरायलका रक्षामन्त्री इस्राइल कात्जले जोसुकै उत्तराधिकारीले‘ इजरायललाई नष्ट गर्ने’ वा ‘अमेरिकालाई धम्की दिने र इरानका जनतालाई दबाउने’ योजना बनाए निशानामा पर्ने चेतावनी दिएका छन्।