नाइजेरियामा आत्मघाती आक्रमण: २३ मृत, सयभन्दा बढी घाइते
उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएका छन्।
प्रहरीका अनुसार सहरका मुख्य बजार, अस्पताल गेट र फ्लाइओभर आसपास क्षेत्रमा आक्रमण गरिएको हो। केही स्रोतले मृतक संख्या अझ बढ्न सक्ने बताएका छन्।
बोको हराम र इस्लामिक स्टेटसम्बद्ध समूहहरूले पछिल्लो समय यस क्षेत्रमा आक्रमण बढाएका छन्। १६ वर्षदेखि जारी हिंसामा ४० हजारभन्दा बढीको ज्यान गएको र करिब २० लाख मानिस विस्थापित भएका छन्।
सुरक्षा निकायले प्रभावित क्षेत्रमा अवस्था नियन्त्रणमा लिएको र थप घटना हुन नदिन निगरानी कडा बनाएको जनाएको छ।