करिब ७ सय ९३ किलो गाँजासहित ५ जना पक्राउ
प्रहरीले विभिन्न जिल्लाबाट गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर, धनकुटा र ललितपुरबाट गाँजासहित ३ जनालाई पक्राउ गरेको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिका–२ चुनियाबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ३८ किलोग्राम सहित कैलाश गाउँपालिका(१० बस्ने २७ वर्षीय राम बहादुर मोक्तान समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको लु।१ च २१५२ नम्बरको बोलेरो गाडी र बा। प्र।०३(००५ प ४५७६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका–७ गर्जुवास्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५ किलोग्राम सहित सोही गाउँपालिका-७ बस्ने ३३ वर्षीय प्रकाश राई समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
त्यसैगरी ललितपुरको बाग्मती गाउँपालिका-३ छपेलीबाट करिब १ सय ५० किलोग्राम गाँजा सहित मकवानपुर हेटौंडा बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय नगेन्द्र श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले ना।३ च ४०५ नम्बरको हात्ती गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी गाडी चालक नगेन्द्रलाई पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।