गैँडाकोटमा स्कुटर ठक्कर, पैदलयात्रीको मृत्यु
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) । गैँडाकोटमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। गैँडाकोट नगरपालिका–८ स्थित सङ्गम मार्गमा गएराति प्रदेश ३–०२–०१४ प १४४३ नम्बरको स्कुटरले ५० वर्षीय लखन तामाङलाई ठक्कर दिएको थियो।
घाइते तामाङलाई चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो। तर आज बिहान उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी अनिल पण्डितका अनुसार, दुर्घटनामा संलग्न स्कुटर चालक गैँडाकोट–८ का २६ वर्षीय प्रविन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ।